प्रधानमन्त्री ओलीको समर्थनमा विद्यार्थीद्धारा प्रर्दशन दैलेखमा पार्टी हामीले नै बनाएका हौं संस्थापक हामी नै हौंः शर्मा


पुस २२, दैलेख
दैलेखमा प्रधानमन्त्री के.पि. शर्मा ओलिको समर्थनमा अनेरास्ववीयुका विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।
विद्यार्थीहरुले नारा जुलुस सहित बजार परिक्रमा पश्चात जिल्ला समन्वय समितिको हलमा अगुवा विद्यार्थी कार्यकर्ता भेला गरेका छन् । भेलाले अनेरास्ववीयुका केन्द्रीय सदस्य अग्नि रिमालको संयोजकत्वमा १ सय ३१ सदस्यीय आयोजक कमिटी निर्माण गरेको छ । सह संयोजकमा केन्द्रीय सदस्य निरक खण्डका रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवं नेकपा दैलेखका पार्टी अध्यक्ष रबिन्द्रराज शर्माले दैलेखको पार्टी आफुहरुले बनाएको र संस्थापक आफुहरुनै रहेकोले कसैले भ्रममा नपर्न आग्रह गरेका छन् । संस्थापक हामी हौं, जनमत हामीसँगै छ, सच्चिएर आउनेहरुलाई स्वागत छ । राष्ट्रिय राजनीतिमा केपि शर्मा ओलिले देखाएको बाटो अहिलेको अवस्थामा निकै सान्र्दभिक रहेकोले आम जनतालाई यो बिषय बुझाउन विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
अनेरास्ववीयुका केन्द्रीय सचिवालय सदस्य निवन योगीले एक लाख बिद्यार्थी नेताहरुलाई नेपाल भर परिचालन गरेर १० लाख विद्यार्थीलाई अनेरास्ववीयुमा आवद्ध गराउने तयारी भएको बताएका छन् । भेलालाई स्थायी कमिटी सदस्य कल्पना थापा, युवा संघका नेता जनक न्यौपाने, चन्द्र दाहाल, जिल्ला संयोजक जीवन शाही, युवा नेता रुद्र शाही लगायतले पछिल्लो राजनीतिक घटनाक्रमलाई आम जनताले बुझेर प्रधानमन्त्री के.पि. शर्मा ओलिले लिएको राष्ट्रियताको रक्षाका लागि लाग्न सबैलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार